ताजा समाचार

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैँ

काठमाडौँ, ६ वैशाख । सरकारले आज र भोलि देशभरका छ महिनादेखि पाँच वर्षमुनिका करिब दुई लाख २८ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।

बाल स्वास्थ्य महाशाखाअन्तर्गतको पोषण शाखा प्रमुख राजकुमार पोखरेलले भिटामिन ‘ए’ सँगै एक वर्षदेखि पाँच वर्षमुनिका करिब २२ लाख ९८ हजार बालबालिकालाई जुकाको औषधि ‘अल्वेन्डाजोल’ पनि खुवाइने जानकारी दिनुभयो ।

उहाँले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने हुनाले सबैलाई आफ्नो पायक पर्ने खोप केन्द्रमा गई आफ्ना बालबालिकालाई लगेर औषधि खुवाउन आग्रह गर्नुभयो ।

देशभरका ५५ हजार महिला स्वास्थ्य स्वयम्सेविका र अन्य स्वयम्सेवकलाई भिटाभिन ‘ए’ कार्यक्रमका लागि परिचालन गरिएको छ ।

वर्षको दुई पटक वैशाख र कात्तिकमा सञ्चालन हुने भिटामिन ‘ए’ कार्यक्रमका लागि झन्डै १० करोड रुपैयाँ खर्च हुने बताइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org