देशभर १८ हजार पाँच सय ७२ वटा मतदान केन्द्र कायम
काठमाडौं ६ बैशाख । निर्वाचन आयोगले मतदान केन्द्रको टुंगो लगाएको छ । आयोगले आज गरेको निर्णय अनुसार १८ हजार पाँच सय ७२ मतदान केन्द्र कायम गरेको हो । यस्तै ती मतदान केन्द्र रहने मतदान स्थलको संख्या १० हजार छ सय ४० कायम भएका छन् ।
बढी मतदाता भएको ठाउँमा एक हजार मतदातासम्मलाई एउटा केन्द्र मानेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । साथै उनले एउटै मतदानस्थलमा धेरै वटा मतदान केन्द्र पनि हुनसक्ने जानकारी दिए ।
यस अघि आयोगले २१ हजार बढी मतदान केन्द्र हुन सक्ने र करिब १३ हजार बढी मतदान स्थल हुनसक्ने अनुमान सार्वजनिक गरेको थियो।
पछिल्लो संविधानसभा निर्वाचनमा देशभर १० हजार १३ वटा मतदान स्थल र १८ हजार ४ सय ३८ मतदान केन्द्र थिए।
प्रदेश नम्बर २ मा मधेसकेन्द्रित राजनीतिक दलले सहमति नजाएका कारण मतदान केन्द्र निर्धारण गर्न ढिला हुँदा आयोगले मतदान हुने २५ दिनअघि मात्र मतदान केन्द्र सार्वजनिक गरेको हो।
मतदान केन्द्र निर्धारणमा ढिलाई भएकै कारण आयोगले मतदाता नामावली समेत ढिला मात्र सार्वजनिक गरी आयोगको वेबसाइटमा राखेको थियो।
गत चैत मसान्तअघि नै मतदान केन्द्रको टुंगो लगाए पनि आयोगको बैठकबाट निर्णय नहुँदा आयोगले मतदान केन्द्रको संख्या सार्वजनिक गरेको थिएन।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












