ताजा समाचार

नेपाल बैंक लिमिटेडले हकप्रद शेयर निष्कासन गर्यो


काठमाडौँ, ७ वैशाख। नेपाल बैंक लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ ।

एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ सम्मको हकप्रद शेयर नेपाल बैंकले निष्कासन गरेको हो । बैंकले साबिक सय कित्ता शेयर हुनेलाई २३ ।७४ का दरले हकप्रद दिएको हो । एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद बैंकले निष्कासन गरेको छ ।

जेठ १० गतेसम्म बैंकको हकप्रदमा सिभिल क्यापिटलमार्फत आवेदन दिन सकिन्छ । बैंकको हाल ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकले पुस मसान्त सम्म एक अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org