ताजा समाचार

गीत : एक्लो रहेछ जीवन चोट सहेरै बाँच्छु

लहड कसरी भनुँ ? घाइते भएकै थिएँ ।
बग्दा रगतको खोला मुर्छा परेकै थिएँ ।

चिरा परेछ मुटु आँसु बगेर आज,
सकिन मर्न फेरि, बिझाउँछ आफ्नै सास ।

सपना सजाएँ सधैं नाता गाँसेर मैले
खुसी लुटियो सारा दुःख पाउँछु जैले ।

हजार गल्ति गर्दा निर्दोष बनेको किन ?
हाँसो तिमीलाइ भन्दै आँसु झारेको किन ?

रहर मेरा सदा हुरी बनेर उड्छन् ।
सपना हजार कोर्छु निराश बनेर झर्छन् ।
यादमा डुबेर रात कोल्टे फेरेरै काट्छु ।

एक्लो रहेछ जीवन चोट सहेरै बाँच्छु ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org