पाथीभरा डाँडामा पम्पिङ प्रणालीबाट खानेपानी
मन्दिरमा आउने दर्शनार्थी र पर्यटकलाई लक्षित गरी पम्पिङ प्रणालीबाट खानेपानी उपलब्ध गराइएको हो । सङ्खुवासभा र तेह्रथुमको सिमास्थित सो पाथीभरा मन्दिर परिसरमा यसअघि हावाबाट पानी जम्मा हुने प्रविधि जडान गरी खानेपानी उपलब्ध गराइएको थियो । तर सो प्रविधि बिग्रिएर खानेपानीको समस्या भएपछि जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयले पम्पिङ प्रणालीबाट पानी तानेर खानेपानी पु¥याएको हो ।
यस क्षेत्रमा यतिबेला गुराँस फुलेर डाँडाकाँडा सबै राताम्मे छन् । एकै ठाउँमा २८ प्रजातिका गुराँस अवलोकन गर्न पाउने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनेर पनि चिनिन्छ । गुराँस हेर्न आउने सबैजसो आन्तरिक तथा बाह्य पर्यटकले तीनजुरेस्थित पाथीभरा मन्दिरको दर्शन गर्छन् । मन्दिरमा दर्शन गरे ताप्लेजुङको ठूलो पाथीभरा जानु नपर्ने कथन भएकाले पनि यहाँ धेरै भक्तजन आउँछन् ।
पानी अभावले प्रयोगविहीन रहेका यहाँका ट्याङ्की, धारा र शौचालयसमेत प्रयोगमा आएका छन् । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयको रु १७ लाख र मन्दिर संरक्षण समितिको रु एक लाख लगानीमा गरी कुल रु १८ लाखको लागतमा खानेपानी पु¥याइएको मन्दिर संरक्षण समितिले जनाएको छ । खानेपानीको सुविधा भएपछि पर्यटकले वसन्तपुरदेखिनै पानी बोकेर जानुपर्ने बाध्यता हटेको छ । खानेपानीको सुविधा उपलब्ध भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिलेको घुर्मिसेका डिकबहादुर पौडेलले बताउनुभयो ।
उच्च क्षेत्र भए पनि पछिल्ला वर्षमा पानीका मुहान सुक्न थालेकाले समस्या भएको घुर्मिसेका व्यापारी युवराज खड्काले बताउनुभयो । “यो पदमार्ग भएर दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउँछन् । तीमध्ये सबैजसो पाथीभरा मन्दिरको दर्शन गरेरै जान्छन्, व्यापारी खड्काले भन्नुभयो ।
यहाँ रहेको पाथीभरा मन्दिरमा ताप्लेजुङको पाथीभराकै शिला ल्याएर स्थापित गरिएको स्थानीयको दाबी छ । यस पटक पनि नयाँ वर्षसँगै आउने पर्यटकको घुइँचो लागिरहेको स्थानीय दावा शेर्पाले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आजको राशिफलः २०८१ वैशाख २१ गते शुक्रवार
मेष: नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...
-
एमाले जुम्लाको अध्यक्षमा महत
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित हुनुभएको छ । महत एक सय ९४ मतसहित विजयी...
-
नेपालसामु जितका लागि २१० रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा नेपाललाई जितका लागि दुई सय १० रनको चुनौती दिएको छ ।...
-
नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ
काठमाडौं । नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको...
-
अग्निपीडितलाई आर्थिक सहयोग
काठमाडौं । जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ । उक्त गाउँका १५ परिवारलाई जिल्ला...
-
सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...
-
मादी नदीमा धमाधम पुल निर्माण हुँदै
काठमाडौं । मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ ।सवारी साधन...