एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली बिहानै आउने निश्चित भएको जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिए।
बिहान ८ बजेको फ्लाइटमा भैरहवा आउने टिकट रहेको र दिउँसो १ बजेसम्म कार्यक्रम सुरु गर्ने उनले बताए । ४२७ जना प्रतिनिधि रहेको जिल्लामा नयाँ नेतृत्वका लागि अहिलेका अध्यक्ष दिपेन्द्र अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी, सचिव धिरज बस्याल र श्याम बस्याल आकांक्षी रहेपनि अध्यक्ष अधिकारी र सचिव शर्माबीच नै मुख्य प्रतिस्पर्धा रहेको एमाले नेताहरुको विश्लेषण छ ।
अधिवेशनका लागि एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज बलराम अधिकारीसहितका नेताहरु बिहीबार नै जिल्लामा पुगिसकेका छन् ।
पार्टीका अध्यक्ष दिपेन्द्र अधिकारीले आफू पूरै कार्यकाल काम गर्न नपाएको र धेरै पालिका तहबाट पुनः नेतृत्वका लागि आग्रह भएकाले दोहोरिन चाहेको बताए । उनले सकेसम्म सहमतिमै नेतृत्व छनौट हुनेमा आफू आशावादी रहेको बताए । अर्को आकांक्षी धिरज शर्माले आफू सचिव रहेर अनुभव संगालेकाले नेतृत्वका लागि आकांक्षी रहेको बताउँदै पार्टी नेतृत्वको सल्लाहअनुसार नै अगाडि बढ्ने बताए ।
स्थानीय नेताहरुका साथ जिल्लामा अन्य नेताहरुले आकांक्षा राखेपनि अधिकारी र शर्माबीच नै मुख्य प्रतिस्पर्धा रहेको तर सहमतिमा पोखरेल अध्यक्ष भएर शर्मा उपाध्यक्ष भएर मिल्न पनि सक्ने अवस्था रहेको विश्लेषण गरेका छन् ।
Comments
अरु समाचार
-
भैरहवा विमानस्थल निर्माण अध्ययन उपसमिति संयोजकमा मञ्जु खाँण
काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचारसम्बन्धी छानबिन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद...
-
२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन
काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
संविधानविरोधी तत्व सल्बलाए, हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका...
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ...
-
‘कांग्रेसको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्ने बताएका छन्। कांग्रेस स्याङ्जा क्षेत्र नं.१ को...
-
एमाले उपमहासचिव गुरुङ सम्मानित !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन् । एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम...
-
कोशीको बजेट अधिवेशन आजदेखि सुरु
काठमाडौं । कोशी प्रदेशसभाको बजेट अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सातौं अधिवेशनको पहिलो बैठक प्रदेशसभा...
-
सशस्त्र प्रहरीका असई छत्यालले चढे सगरमाथा
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी जेठ ४...