गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु
राजविराज, ११ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपलिका–३ मा स्कारपियो गाडीको ठक्करबाट गएराति एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–१ बस्ने २४ वर्षीय सुलान मियाँ रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा७च ९६४२ नम्बरको स्कारपियोले मियाँ सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते उनको विराटनगरस्थित न्युरो अस्पताल ल्याउने क्रममा राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै साइकलमा सवार अर्का सोही गाउँपालिका निवासी २३ वर्षीय मुकेशकुमार यादव समेत घाइते भएका छन् । उनको पनि न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
Comments
अरु समाचार
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी गाउँपालिकास्थित किसेदि खोलामा करेन्ट लगाएर...
-
नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०÷८१...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र
काठमाडौं । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए । यात्रा गर्नेहरुले कतिपय ठाउँमा बसबाट झरेर सडक पार गर्नुपर्ने...
-
डोको बोकेर दौडिने प्रतियोगितामा फक्ताङ्लुङका कार्की प्रथम
काठमाडौं । यहाँ जारी ताप्लेजुङ पर्यटन महोत्सवअन्तर्गत आज भएको डोको क्यारी रन (डोको बोकेर दौडिने) प्रतियोगितामा फक्ताङ्लुङ गाउँपालिकाका–२ का छत्रबहादुर...
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...