छाता चिह्न पाउने सम्भावना छैन : प्रमुख निर्वाचन आयुक्त
बनेपा, १३ वैशाख । निर्वाचन आचारसंहिता–२०७२ तथा स्थानीय तह निर्वाचन आचारसंहिता–२०७३ मा उल्लेख भएका बुँदा अक्षरशः पालनाका लागि दलले प्रतिबद्धता व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले मंगलबार धुलिखेलमा आयोजना गरेको अन्तरक्रियामा राजनीतिक दलबाहेक नागरिक समाज, सरोकार भएकाले पनि मन, वचन र कर्मले प्रयत्नशील रही आचारसंहिता उल्लङ्घनका घटना हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एकीकरणमा गएका राजनीतिक दललाई अहिले नयाँ चुनाव चिह्न दिन नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब छाता चुनाव चिह्न पाउने कुनै सम्भावना छैन ।” प्रमुख निर्वाचन आयुक्त यादवले पहिलेकै चुनाव चिह्नलाई मिलाएर ल्याउन मधेस केन्द्रित दललाई आग्रह गर्दै वैशाख ३१ गतेको निर्वाचन हुनेमा शङ्का नगर्न सबैलाई अनुरोध गर्नुभयो ।
उहाँले जेठ १५ गते बजेट ल्याउन निर्वाचन आयोगको परामर्श आवश्यक भएकामा जोड दिँदै बजेटबाट दोस्रो चरणको निर्वाचन प्रभावित हुनुहँुदैन भन्नुभयो ।
नेपाली काँग्रेस, काभ्रेपलाञ्चोकका सभापति मधुप्रसाद आचार्यले दुर्गम क्षेत्रमा विविध कारणवश अझै पनि मतदान गर्ने अवसरबाट मतदाता वञ्चित भएको बताउनुभयो । नेकपा (एमाले), काभ्रेपलाञ्चोकका उपाध्यक्ष अशोक व्याञ्जुले दोस्रो चरणको निर्वाचन नै आचारसंहिता विपरीत भएको आरोप लगाउनुभयो ।
काभ्रेपलाञ्चोकका प्रमुख निर्वाचन अधिकृत मोदिनीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता विपरीत काम भए त्यो जोखिमपूर्ण र प्रत्युत्पादक हुने चेतावनी दिँदै आचारसंहिता उल्लङ्घन गरेर चुनाव नजितौँ भन्नुभयो ।
निर्वाचन आयोगका सहसचिव नवराज ढकालले स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको जानकारी दिँदै मतदाता शिक्षालाई व्यापक बनाइएको बताउनुभयो । सो अवसरमा आचारसंहिता, पर्यवेक्षणलगायत विभिन्न विषयमा आएका विभिन्न प्रश्नको प्रमुख निर्वाचन आयुक्त यादवले जिज्ञासा मेटाउनुभएको थियो ।
Comments
अरु समाचार
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
काठमाडौं । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ ।...
-
काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...