ताजा समाचार

डीआइजी नवराज सिलवालको पक्ष लिएर यस्तो भने ओलीले

काठमाडौं, १४ वैशाख । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल प्रहरीका डीआईजी नवराज सिलवालको बचाउमा उत्रिएका छन् ।

बिहीबार एमालेको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले डीआईजीहरुको कार्यसम्पादन मूल्यांकन रिपोर्टमा नवराज सिलवालले नभई सरकारले कीर्ते गरेको आरोप लगाए । सिलवालले अदालतमा पेश गरेको कार्यसम्पादन मूल्यांकन सही भएको दाबी गर्दै ओलीले भने, ‘कहाँबाट प्राप्त भयो त्यो बग्लै कुरा हो । कसरी लिकेज भयो, त्यो सरकारले छानविन गरोस् ।’

उनले अघि भने, ‘यो सरकार धाँदलीबाज हो, कीर्ते हो । यसको प्रमाण हो त्यो । किनभने नवराज सिलवालले अदालतमा पेश गरेको र त्यसपछि सरकारले नवराजको त्यो चाहिँ होइन, यो चाहिँ हो भनेर पेश गरेको उही छ ।’

गृहसचिव, तत्कालीन एआईजी र आईजीपी उही हस्ताक्षर भएको दुई वटा कार्यसम्पादन कसरी हुन्छ भन्दै ओलीले सिलवालले नभई सरकारले कीर्ते गरेको दाबी गरे । अहिले सरकारले सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकनको हस्ताक्षर कीर्ते हो भन्न फरेन्सिक ल्याबलाई दबाव दिइरहेको उनको दाबी छ ।

बहालवाला डीआईजीलाई विना पक्राउ पुर्जी गैरकानुनी रुपमा पत्रलाउ गरिएको भन्दै ओलीले सरकारमाथि प्रहरीमार्फत आतंक सिजना गरेको आरोप लगाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org