ताजा समाचार

खानेपानीको बक्यौता तिर्न प्रधानमन्त्री कार्यालयले अर्थसँग बजेट माग्यो

काठमाडौं,१४ बैशाख । खानेपानीको बक्यौता रकम तिर्न बजेट नभएको भन्दै प्रधानमन्त्री कार्यालयले रकम निकासाका लागि अर्थ मन्त्रालयलासँग आग्रह गरेको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड ( केयुकेएल ) स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले मंसिर महिनायता ६१ लाख ३७ हजार ७८६ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ । तर, प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् सहसचिव दामोदर रेग्मीले प्रधानमन्त्री कार्यालयलको दायित्वमा ३१ लाख रुपैयाँमात्रै पर्ने बताएका छन् । यद्यपी मंसिर महिनासम्मको बक्यौता भने प्रधानमन्त्री कार्यालयले तिर्ने रेग्मीले बताए का छन्।

बिगतमा प्रधानमन्त्री कार्यालय बसेको भबन हाल आपूर्ति मन्त्रालय र प्राधिकरणले प्रयोग गर्दै आएका छन् । प्रधानमन्त्री कार्यालय भने भूकम्पपछि नयाँ भबनमा सरेको छ ।प्रधानमन्त्री कार्यालय बसेको सिंहदरवारको मुख्य भबन हाल आपूर्ति मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रयोग गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org