कर छुट दिइएकामा लेखा समितिको आपत्ति
काठमाडौँ, १४ वैशाख । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले कर फछ्र्योट आयोगको नाममा कर छुट दिइएको भन्दै छानबिन प्रक्रिया अगाडि बढाउने भएको छ ।
समितिको आजको बैठकले कर फछ्र्योट ऐन, २०३३ अनुसार कर छुट दिइएको भन्दै तत्काल कर छुटसम्बन्धी विवरण उपलब्ध गराउन अर्थमन्त्रालय, राजस्व विभाग र तत्कालीन कर फछ्र्योट आयोगका पदाधिकारीलाई निर्देशन दिएको छ ।
आयोग गठन गरेर राज्यलाई प्राप्त हुने राजस्व हिनामिना गरिएको र केही व्यक्तिलाई मात्रै फाइदा पु¥याउनेतर्फ लागिएको भन्दै समितिले कुनै पनि प्रकारको छुट दिइनु कानुनी राज्यको समेत उपहास भएको समितिको ठहर छ ।
समितिले कर छुटसम्बन्धी विषयमा भएका सम्पूर्ण निर्णय उपलब्ध गराउन सम्बद्ध पक्षलाई निर्देशन दिइएको सभापति डिआर उपाध्यायले जानकारी दिनुभयो ।
यस्तै समितिले सरकारले कर फछ्र्योटका लागि आयोगलाई दिएको कार्यदेश र त्यसले गरेका काम कारबाहीको प्रतिवेदनसहितको विस्तृत विवरण दुई साताभित्र उपलब्ध गराउनसमेत निर्देशन दिएको छ ।
सभापति उपाध्यायकाअनुसार विवरण पेस गर्दा करदाता, निवेदनमा उल्लिखित बक्यौता रकम, करदातासँग गरेका सम्झौताका आधार र कारण, छुट रकम, असुल भएको रकम र करदाताको हालको अवस्थासहितको विस्तृत विवरण माग्ने निर्णय गरिएको छ ।
कर असुलीमा विवाद उत्पन्न भएपछि सरकारले २०७१ सालमा चार्टड एकाउन्टेट लुम्बध्वज महतको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगले एक हजार ६९ करदाताबाट असुल हुनुपर्ने रु ३० अर्ब ५२ करोड ५८ लाखमध्ये रु नौ अर्ब ५४ करोड ६१ लाखमा सम्झौता गरी अरु कर छुट दिइएको थियो ।
महालेखा परीक्षकको कार्यालयको विस्तृत प्रतिवेदनमा कर छुटसम्बन्धी विषय समावेश गरिएको र सो विषय प्रष्ट भएपछि थप छलफल गर्ने निर्णय समितिले गरेको छ ।
बैठकमा सांसद धनराज गुरुङले कर फछ्र्याेटका नाममा ९९ प्रतिशतसम्म छुट दिइएको बताउनुभयो । सांसद भरतकुमार शाह, रुपा महर्जन, विकास लम्साल, राजेन्द्र केसी, ऋषिकेश पोखरेल र हरिचरण साहलगायतले गैरकानुनी रुपमा कर छुट दिइएको भन्दै तत्काल असुलउपर गर्न माग गर्नुभएको छ ।
फाइल तस्बिर
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












