सुडान घोटला प्रकरण : विशेषको आदेश सदर कि बदर ?
काठमाडौं, १७ वैशाख । काठमाडौँ नेपाल प्रहरीको बन्दोबस्ती सामान खरिदबिक्री प्रकरणमा ठूलो घोटलाका रुपमा परिचित सुडान प्रकरणमा सर्वोच्च अदालतले आज अन्तिम फैसला गर्दैछ। प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले वैशाख ७ गते आजका लागि फैसला सुनाउने मिति तोकेको थियो। सुडान प्रकरणमा नेपाल प्रहरीका तीन पूर्व प्रमुखसहित उच्च अधिकारीहरु आरोपित छन्।
अख्तियारले शान्ति मिसनमा सुडानमा खटिनका लागि प्रहरीले खरिद गरेको बन्दोबस्ती सामान गुणस्तरीय नभएको आरोपमा २८ करोड ८१ लाख बिगोदाबीसहित २०६८ जेठ २४ गते मुद्दा दायर गरेको थियो। विशेषले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो। विशेषले प्रहरीका तीन पूर्व महानिरीक्षक तथा ठेकेदार कम्पनी र तिनका प्रतिनिधिलाई दोषी ठहर गरेको थियो। ३१ प्रहरी अधिकारीलाई भने विशेषले सफाई दिएको थियो।
विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको इजलासले गरेको फैसलामा प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। जनही दुई वर्षको कैद सजाय पनि इजलासले सुनाएको थियो।
यस्तै, ठेकेदार बेलायती कम्पनी एस्योर्ड रिस्कका निर्देशक माइकल राइडर र नेपाल प्रतिनिधि शम्भु भारतीलाई पनि दोषी ठहर गरेको थियो। विशेषले राइडरलाई झन्डै साढे २८ करोड र भारतीलाई १४ करोड जरिवाना हुने ठहर गरेको थियो ।
२०६९ जेठ २२ गते सरकारले मुद्दाको पुनरावेदन सर्वोच्चमा गरेको थियो।
विशेषले दोषी ठहर गरेका
प्रतिवादी एस्योर्ड रिस्क कम्पनी
एस्योर्ड रिस्क लि लण्डनका प्रो। माइकल राइडर
स्थानीय प्रतिनिधि श्री भगवती टे्रडर्सका प्रोपाइटर शम्भु भारती
ओमविक्रम राणा, नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक
हेमबहादुर गुरुङ, पूर्व प्रहरी महानिरीक्षक
रमेश चन्द ठकुरी, पूर्व प्रहरी महानिरीक्षक, प्रधान मन्त्रीका सुरक्षा सल्लाहकार
सफाई पाउने
मदन बहादुर खड्का
अर्जुन जंग शाही
दीपक सिंह थाङ्देन,
श्यामसिंह थापा
दीपेन्द्र बहादुर बिष्ट
रमेश बिक्रम शाह
टपेन्द्रध्वज हमाल
दीपककुमार श्रेष्ठ
निरज पुन
सुरेन्द्र बहादुर पाल,
रवीप्रताप राणा
श्यामबहादुर खड्का
शिव लामिछाने
नरेन्द्रकुमार खालिङ
डा।अजितकुमार गुरुङ
रमेशकुमार पाण्डेय
मनोज नेउपाने
निरज बहादुर शाही,
गुप्तबहादुर श्रेष्ठ
विजयलाल कायस्थ
रामकृष्ण राजभण्डारी
कृष्णप्रसाद गुरागाँई
सञ्जयसिंह बस्नेत
पिताम्बर अधिकारी
हरिहर श्रेष्ठ
विद्याराज श्रेष्ठ
प्रकाश अधिकारी
अर्जुनप्रसाद तिमल्सेना
दिनेश केसी
लालगोविन्द श्रेष्ठ
गिरीधारी शर्मा
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












