ताजा समाचार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौं । १ सय २८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस आज विभिन्न कार्यक्रम गरी विश्वभर मनाइदैं छ । मे १ तारिखको दिन विश्वका ८० भन्दा बढी राष्ट्रमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रमा सामान्य रूपमा मनाइन्छ । विश्वका अधिकांश राष्ट्रमा आजको दिन आधिकारिक मजदुर दिवसको रूपमा मनाइने गरिन्छ । सन् १८८६ मे ४ मा अमेरिकाको शिकागोमा भएको हेमार्केट काण्डको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

आठघण्टे कार्यावधि माग गर्दै आन्दोलन गरिरहेका श्रमिकमाथी दमन गरिएको थियो । घटनामा दर्जनौ श्रमिकको ज्यान गएको थियो । नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ । सरकारले आज सार्वजनिक विदा दिएको छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिदै दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई एकताको सूत्रमा बाध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिदैंजाने राष्ट«पतिको विश्वास छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि दिवसका अबसरमा सुभकामना दिदै संबिधान कार्यान्वयनमा जोड दिनुभएको छ ।

दिवसका अवसरमा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले श्रमिक र श्रम शक्ति विना देशको विकास हुन नसक्ने भन्दै श्रम शोषणको निराकरण गर्दैे सामाजिक न्यायको सुनिश्चितता र समावेशीकरणलाई आत्मसाथ गर्न आग्रह गर्नुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org