विमानस्थलमा भीआइपीलाई अनिवार्य चेकिङ गर्न अनुगमन समितिको निर्देशन
काठमाडौ, १८ बैशाख । संसदको सुशासन तथा अनुगमन समिति अन्र्तगतको उपसमितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआइपी प्यासेन्जरलाई पनि अनिवार्य चेकिङको व्यवस्था मिलाउन सुझाव दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणाली सम्वन्धी अध्ययन गर्न गठित उपसमितिले यस्तो सुझाव दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ठूलो परिणाममा सुन भित्रिएको र डलर बाहरिएको खुलासा भएपछि त्यहाँको सुरक्षा ब्यवस्थाबारे अध्ययन गरिएको थियो ।
समितिले विमानस्थल हँदै गरिने अवैध कारोबारमा भीआइपी प्यासेन्जरको पनि संलग्न हुन सक्ने भन्दै उनीहरुको पनि सुरक्षा जाँच गर्ने ब्यवस्था गर्न भनेको हो ।
केही हप्ताअघि नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन नै अवैध डलरसहित पक्राउ परेका थिए । उपसमितिले भिआइपी प्यासेन्जरलाई पूर्ण विश्वास गरी चेकिङ नगर्दा त्यस्तै अवैध सामान भित्रिन र बाहरिन सक्ने खतरा औंल्याएको छ ।
यस्तै उपसमितिले विमानस्थलभित्रको सीसी टिभी क्यामेराको संख्या र क्षमता बढाउन पनि सुझाव दिएको छ । यस्तै विमानस्थलमा प्यासेन्जरको बिस्तृत सुचना राख्ने सफ्टवेयर प्रयोग गर्न सुझाव दिएको छ ।
उपसमितिले अवैध सुन तथा अन्य त्यस्ता वस्तु बाहिरिने विभिन्न सम्भावित बाटोहरु औंल्याएको छ । उपसमितिले अन्तर्राष्ट्रिय विमानस्थल र आन्तरिक टर्मिनल क्षेत्र बीचको खुल्ला बाटो बन्द गर्न सिफारिस गरेको छ ।
यस्तै व्यागेज बेल्टका एक्स नगरी लगेज राख्न मिल्ने प्वालहरु अविलम्ब वन्द गर्न सिफारिस गरेको छ ।
उपसमितिले व्यागेज होलदेखि व्यागेज बेल्टसम्म व्यागेज ल्याउँदा वन्द कन्टेनरमा ओसार गर्न सुझाएको छ । यस्तै एक्सरे भइसकेका ब्यागेजलाई पनि पुन एक्सरे गर्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।
यस्तै उपसमितिले लोडरहरु करारमा नियुक्त गर्ने प्रावधान नराख्न पनि सुझाव दिएको छ ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












