एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७० घटना
मे ४, २०१६ यता एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका ७० वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा दर्ता भएका घटनाहरूमा सबैभन्दा बढी पत्रकारमाथिको दुव्र्यवहारका १६ वटा घटना भएको देखाइएको छ ।यसवीचमा पत्रकार पक्राउका घटना ११ वटा भएका छन् । पत्रकारमाथिको आक्रमणका पनि ११ वटै घटना भएका छन् ।
त्यसैगरी पत्रकारमाथि धम्कीका ७ वटा घटना भएका छन् भने सञ्चार क्षेत्रमा कृयाशील संघसंस्थामा तालाबन्दी तथा कब्जाका ७ वटा घटना भएका छन् ।
केही समय सञ्चार माध्यमको प्रकाशन प्रसारण बन्द गराइएका ४ वटा, अवरोधको १ वटा, सञ्चारगृहमा आक्रमणका २ वटा र सञ्चारमाध्यमाथि धम्कीको १ वटा घटना रेकर्ड भएका छन् ।
त्यस्तै पत्रकारको साधनमाथि आक्रमणका २ वटा घटना भएका छन् भने ६ जना पत्रकारलाई समाचार संकलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको थियो ।
केही सञ्चारमाध्यमबाट पत्रकारलाई निस्काशन गरिएका घटना पनि महासंघको अभिलेखमा दर्ता भएका छन् ।
त्यसैगरी नीतिगत अवरोधमा यो वर्ष सरकारले जारी गरेको अनलाइन निर्देशिका रहेको महासंघले उल्लेख गरेको छ ।
अघिल्लो वर्षको यही अवधिमा प्रेस स्वतन्त्रता हननका १३९ घटना भएका थिए । संख्यात्मक हिसावले हेर्दा यो वर्ष पत्रकार तथा सञ्चार क्षेत्रमा केही सुरक्षित देखिन्छ ।
यद्यपि प्रवृत्तिगत आधारमा भने प्रेस स्वतन्त्रता हननका साथै दण्डहीनता र सेल्फसेन्सरसीप कायमै रहेको महासंघले जनाएको छ ।
राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी हुनु यस अवधिमा प्रेसको विकासका लागि महत्वपूर्ण उपलब्धी बन्न पुगेको छ ।
यो वर्ष आजैको दिन नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन प्रारम्भ गर्ने पूर्व तयारी रहे पनि स्थानीय तहको निर्वाचनको कारण केही समय पछाडि धकेलिन पुगेको छ ।
यद्यपि महासंघले आजैको दिनलाई महाधिवेशनको प्रारम्भ दिनको रूपमा लिई प्रेस स्वतन्त्रताका साथै पत्रकारको भौतिक तथा पेशागत सुरक्षा र पत्रकारिताका व्यावसायिक मुद्दामाथि देशैभर बहसको प्रारम्भ गरेको छ ।
यस बहसमा सहभागी हुन महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सम्पूर्ण पत्रकारहरुमा अपील गरेका छन् । ‘महासंघका सवै शाखा तथा एशोसियट संस्थाहरूलाई त्यसको निम्ति कार्यक्रम आयोजना गरी वातावरण बनाउन आग्रह गर्दछु ।’ अध्यक्ष विष्टले भने ।
प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा हैन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो भन्दै अध्यक्ष विष्टले विज्ञप्तीमार्फत भनेका छन् ‘नेपालमा संवैधानिक दृष्टिले तुलनात्मकरूपमा अहिले प्रेस स्वतन्त्रताको संरक्षण गरिए पनि व्यवहारमा त्यस अनुरूप वातावरण बन्न सकेको छैन ।’
एकातिर प्रेस आफै पनि मर्यादित हुन जरूरी छ भने राज्यले पनि स्वनियमको माध्यमबाट यसलाई संरक्षण, संवर्धन एबं विकासका निम्ति नीतिगत, कानुनी र संरचनागत क्षेत्रमा थुप्रै काम गर्न बाँकी छ ।
प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ
सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि प्रत्येक वर्ष युनेस्कोको आहृवानमा प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो । यो दिवस यस वर्ष दिगो विकास लक्ष्य हासिल गर्न स्वतन्त्र र गुणस्तरीय मिडियाको विकासलाई केन्दि्रत गरी अभिव्यक्ति स्वतन्त्रता, सबैका लागि न्याय, कानुनको शासन, शान्ति र समावेशिताबीचको सम्बन्धलाई उजागर गरी मनाइँदैछ ।
नेपाल पत्रकार महासंघले बुधबार दिउँसो प्रेस स्वतन्त्रता प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रमको आयोजना गरेको छ । महासंघका शाखाहरुले पनि देशभर विविध कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।
प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्त, विश्वभर र आफ्नो देशभित्रको प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा, प्रेस स्वतन्त्रता हननका घटनाको सार्वजनिकीकरण र स्वतन्त्रताको प्रतिरक्षा एबं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको विशेष महत्व छ ।
Comments
अरु समाचार
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, ६ असोजः मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम...
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...