ताजा समाचार

प्रभू इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा

काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा कुसुम लामा मनोनित भएकी छिन् । आज बसेको इन्स्योरेन्स बोर्ड बैठकले संचालक लामालााई अध्यक्ष पदमा मनोनयन गरेको हो ।

बैंक तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष देवीप्रकाश भट्टचनले इन्स्योरेन्स अध्यक्ष पदबाट राजीनामा दिएपछि उक्त पद खाली भएको थियो ।
वाफियामा एकै व्यक्ति बैंक र वीमा कम्पनीको अध्यक्ष तथा संचालक बन्न नपाउने व्यवस्था छ ।

त्यसकारण अध्यक्ष भट्टचनले इन्स्योरेन्सबाट राजीनामा दिएका हुन् । लामा पनि प्रभू बैंकको संचालक थिइन् । उनले गत हप्ता राजिनामा दिएकी थिइन् । त्यस्तै प्रभू बैंक तथा इन्स्योरेन्सका संचालक दक्ष पौड्यालले पनि आजै इन्स्योरेन्सबाट राजीनामा दिएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org