ताजा समाचार

प्रधानमन्त्रीसँग हङ्गेरियन राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि हङ्गेरीका गैरआवासीय राजदूत ग्युला पेथोले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुईपक्षीय आपसी चासो र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विकासका बहुआयामिक सम्भावनातिर लम्किरहेको विश्वलाई नेपालले मार्ग पछ्याइरहेको बताउँदै “अहिलेको विश्व विकासको बहुआयामिक सम्भावनाका लागि नेपालमा लगानी सम्मेलन भयो, लगानीका निम्ति अनुकूल वातावरण बनिरहेको छ, आर्थिक वृद्धिदर विगतको तुलनामा उत्साहवद्र्धक छ, राजनीतिक स्थिरताको वातावरण बनिरहेको छ भन्नुभयो ।”

उहाँले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचनमा सम्पूर्ण पार्टीहरु होमिएको र निर्वाचनले जनतामा ठूलो उत्साह पैदा गरेको उल्लेख गर्दै एकैचोटी हजारौँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि राजनीतिक स्थिरता र विकासले गति लिने बताउनुभयो ।

भेटमा राजदूत पेथोले पछिल्लो समयमा नेपालले हासिल गरेको आर्थिक प्रगतिप्रति खुसी व्यक्त गर्दै नेपालको विकास र राजनीतिक स्थिरताका लागि हङ्गेरीको सधैँ सहयोग र सद्भाव रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org