ताजा समाचार

ग्राहक तान्न बैंकबीच प्रतिश्पर्धा देवः विकास बैंकले आश्वा शुल्क १० रुपैयाँमा भर्न दिने


काठमाडौं । ग्राहक तान्न बैंकहरुबीच तिब्र प्रतिश्पर्धा सुरु भएको छ। देवः विकास बैंकले आश्वा शुल्क अहिलेसम्मकै न्युन १० रुपैयाँमा झारेको हो।

आफ्ना खाताधनीलाई बैंकले १० रुपैयाँ शुल्क लिएर आश्वा मार्फत शेयर हाल्न दिने घोषणा गरेको छ। धितोपत्र खरीद ९सार्बजनिक निस्कासन० सम्बन्धि निर्देशिका, २०७३ मा शेयर निस्कासन तथा बिक्री प्रबन्धकलाई प्रति दरखास्त १० रुपैयाँ बुझाउनु पर्ने हुँदा सो शुल्क मात्र लिने बैंकले जनाएको छ।

सुरुमा अधिकांश बैंकले १०० शुल्क तोकेकोमा आश्वा प्रति सर्वसाधारणको रुची बढ्दै जाँदा शुल्क घटाउने क्रम सुरु भएको थियो। यस अघि सिटिजन्स बैंक इन्टरनेशनलले आश्वा शुल्क २५ रुपैयाँमा झारेको थियो। फेवा विकास बैंकले पनि २० रुपैयाँ शुल्क लिएर शेयर हाल्न दिने घोषणा गरि सकेको छ।

आश्वा शुल्क घटाउनुलाई खाता खोल्ने ग्राहक संख्या बढाउने अवसरको रुपमा बैंकले लिएका छन्। दवाव परेपछि ठूला बाणिज्य बैंकले पनि शुल्क घटाउने अपेक्षा नेपाल धितोपत्र बोर्डको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org