ताजा समाचार

राप्रपा उम्मेदवारको गाडीमा आगजनी

 

नवलपरासी,२६ वैशाख । चुनावी प्रचारप्रसारका लागि प्रयोग गरिएको टाटा सुमो अज्ञात समूहले बिहान कावासोतीमा आगजनी गरेको छ ।

शँकर ढकालको बा १३ च ७१५० गाडीमा आगजनी भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् । घरमै राकि राखिएको गाडीमा आगजनी भएको हो । गाडी कावासोती १४ का राप्रपा वडाध्यक्ष उम्मेदवार लालप्रसाद बरालले प्रयोग गर्दै आइरहेका थिए ।

आगजनी गर्ने समूहको पहिचान हुन सकेको छैन । घटनाको तिव्र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org