उपत्यकामा थप चारवटा सहर बन्ने, कहाँ कहाँ बन्दैछन्
काठमाडौं, २६ बैशाख । उपत्यकाको कोर सिटीभित्रको बसोबासको चापलाई घटाउन सरकारले चारवटा नयाँ सहर निर्माण गर्ने भएको छ। व्यवस्थित बसोबासलाई सुनिश्चित गर्नभन्दै सहरी विकास मन्त्रालयले लिएको उक्त प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो।
काठमाडौंमा दुई, भक्तपुर र ललितपुरका एक÷एक स्थानमा सहर निर्माण गरिने उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए। उपत्यका विकास प्राधिकरणले तयार पारेको उक्त प्रस्ताव मन्त्रीपरिषदको भौतिक विकास समितिले आइतबार नै पास गरेको थियो।
आयुक्त तिवारीका अनुसार काठमाडौंको मुलपानी क्रिटेक मैदानदेखि बोडे निक्लने बाटो, निलबाराही त्यहाँबाट भक्तपुर जाने बाटो, खरिपाटी सैनिकब्यारेकलाई बाहिर राखेर शालीनदी, साँखु हुँदै क्रिकेट मैदानसँगै जोडिने एकलाख रोपनी क्षेत्रफलमा एउटा सहर निर्माण गरिने छ।
त्यस्तै काठमाडौंकै अर्को टोखाको मूल सडक, ग्रिनल्यान्ड बाइपास, फुलबारी तारकेश्वर, महादेव खोला हुँदै टोखा रोडमै जोडिने गरी अर्को सडक निर्माण हुनेछ। भक्तपुरको बालकोट, उत्तरमा अरनिको राजमार्ग, सुर्यविनायकका क्षेत्रलाई समेटेर सहर निर्माण गरिने तिवारीले बताए।
त्यस्तै ललितपुरको पहिलेको सैबु, भैसेपाटी गाविस हुँदै बागमतिको झोलुंगे पुललाई सिमाना मानेर सहर निर्माण गरिने छ।
प्रस्तावित चारवटै सहरलाई बाहिरी चक्रपथले छुने छ। सहर बनाउनको लागि आवस्यक अध्ययन तथा परामर्श दिनको लागि परामर्शदाता छनौटको काम सुरु भइसकेको प्रमुख आयुक्त तिवारीले जानकारी दिए।
विस्तृत अध्ययत प्रतिवेदन९डिपिआर० आइसकेपछि सहरको गुरुयोजना बन्ने र यसको काम द्रुत गतिमा अगाडि बढाइने तिवारीले जानकारी दिए।सहरी सुविधा तथा पूर्वाधार सम्पन्न हुने नयाँ सहरमा आधुनिक प्रविधि र सिपको प्रयोगबाट पूर्वाधार निर्माण गर्ने प्राधिकरणको योजना छ।
नयाँ बन्ने सहरमा पूर्वाधार निर्माणको लागि १० प्रतिशत जमिन हुने छ। सामुदायिक क्रियाकलापको लागि ३ प्रतिशत र खुल्ला ठाउँको लागि ५ प्रतिशत जमिन हुने छ।
ल्यान्ड पुलिङको माध्यमबाट सहरीकरण गरिने तिवारीले जानकारी दिए। जसअनुसार सम्पूर्ण सर्वसाधारणहरुको जग्गालाई एउटा कित्ता बनाउने र त्यसको डिजाइन गरेर समाणुपातिक ढंगबाट वितरण गरिने छ।
यसरी निर्माण गरिएको सहरमा खेलमैदान, पार्क, अस्पताल, विश्वविद्यालय, सामुहिक आवास, हुनेछन्।
Comments
अरु समाचार
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...
-
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
काठमाडौं । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
काठमाडौं । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा...
-
विश्वकप लिग–२: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । क्यानडामा जारि विश्वकप लिग–२ अन्तर्गतका सुरुवाति दुई खेलका नतिजा आफ्नो पक्षमा पार्न असफल नेपाली क्रिकेट टोलीले आज चिरपचिरचित...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...