ताजा समाचार

ओलीको गृहजिल्लामा एमालेद्धारा ६ सय जेष्ठ नागरिकलाई सम्मान

झापा बैशाख २६ गते । नेकपा एमालेले झापामा ६ सय जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला समेत रहेको झापाको अर्जुनधारा–५ मा मंगलबार एकैथलोमा ६ सय जना ज्येष्ठ मातापितालाई सम्मान गरिएको हो ।

वैशाबाडीस्थित दुर्गा मन्दिर परिसरमा नेकपा एमालेले ज्येष्ठ मातापितालाई सम्मान गरेको हो । ज्येष्ठ मातापितालाई सम्मानपत्र, गाम्छा प्रदान गरेर सम्मान गरिएको थियो । नेकपा एमाले अर्जुनधारा –५ को वडा कमिटीले आयोजना गरेको कार्यक्रममा सम्मानित मातापितालाई जुस र फलफुल समेत वितरण गरिएको थियो ।

कार्यक्रममा ६० वर्षदेखि ९७ वर्षका मातापितालाई सम्मान गरिएको थियो । सबैभन्दा ज्येष्ठ ९७ वर्षीय हरिदास चौधरी र ९१ वर्षीया पार्वता बराललाई समेत सम्मान गरिएको स्थानीय सामाजिक अभियन्ता ध्यानबहादुर भारतीले जानकारी दिए ।

अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष देवी बरालको प्रमुख आतिथ्य र एमालेका वडाध्यक्ष उमानाथ लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद प्रेमबहादुर गिरी , एमालेका क्षेत्रीय अध्यक्ष हरि राना, पूर्व जिल्ला कमिटी सदस्य कुन्दन भट्टराई, पार्टीका अर्जुनधारा नगर अध्यक्ष प्रेमसागर सापकोटा, ताराप्रसाद सञ्जेल लगायतले नेकपा एमाले ज्येष्ठ मातापिताको सम्मान गर्ने पार्टी भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org