ताजा समाचार

सरकार टिकाउन निर्वाचन आचारसंहिता उल्लंघन

काठमाडौं, २७ वैशाख । स्थानीय तह निर्वाचन हुने दिन अब ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्डले )तीन मन्त्रीलाई सरकारमा भित्राएका छन् ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वमा रहेका मन्त्रीलाई सरकारमा भित्राए हुन् । । सरकार टिकाउन गच्छदारलाई उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री, गोपाल दहितलाई भूमिसुधार तथा व्यवस्था मन्त्री र जितेन्द्र देवलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्ति गरियो ।

त्यतिमात्रै होइन, निर्वाचन आउन ४ दिन बाँकी रहँदा मंगलबार पनि मन्त्रिपरिषद् विस्तार भयो । मंगलबार फोरमकै यशोदा लामालाई भूमिसुधार राज्यमन्त्री र सुमित्रा थारुलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरियो ।

सरकारले निर्वाचनको पाँच दिनअघि राजधानीलाई स्मार्ट सिटी बनाउने योजना मन्त्रिपरिषद्बाट पारित गर्‍यो । स्थानीय तह चुनावमा तालमेलमा रहेका सत्तारुढ दल कांग्रेस(माओवादीको योजनामा आएको यो प्रस्ताव ठोस आधार र बजेटबिना पारित भयो । निर्वाचन आचारसंहिता मिचेर ल्याइएको यो योजनाबारे निर्वाचन आयोगले कुनै प्रतिक्रिया जनाएको छैन ।

माथिका गतिविधि प्रतिनिधिमूलकम मात्रै हुन् । निर्वाचन आचारसंहिताअनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सरकारले नियमित प्रशासनिक कामबाहेक अन्य कुनै पनि निर्णय गर्न पाउँदैन । तर, मतदानको मिति आउन ४ दिन मात्रै बाँकी रहँदा सरकार गम्भीर प्रकृतिका निर्णय गरिरहेको आजको नागरिक दैनिकले लेखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org