ताजा समाचार

कांग्रेस उम्मेद्वारको गाडीमा आगजनी

पोखरा, २७ बैशाख । कास्की माछापुच्छ्रे गाउँपालिका १ का कांग्रेसका वडाध्यक्षका उम्मेद्वार विक्रम गुरुङले चुनाव प्रचारको लागि प्रयोग गरेको गाडीमा अपरिचित समूहले आगो लगाएका छन् ।

राती रोकिराखेको ग.१ ज ५१४८ नम्बरको गाडीमा अपरिचित समूहले पेट्रोल छर्केर आगो लगाएको हो । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक यामकुमारी खतिवडाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान बिभागका ३ डिआईजी र नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति राखेर घटना भएको ५ मिनेटमै प्रहरी पुगेर नियन्त्रणमा लिने बताएको २ दिन नबित्दै यो घटना भएको हो ।

आगलागिबाट गाडीको टायर बाहेक अन्य सबै भाग जलेर क्षेति पुगेको छ । घटना भएको थाहा पाएलगत्तै प्रहरी पुगेर आगो लगाउने समूहको खोजि गरिरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । यद्यपी प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । घटना बिप्लव माओवादीले गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org