ताजा समाचार

सतासी जनामाथि निगरानी

चितवन, २७ वैशाख । निर्वाचनको मौन अवधिमा गुण्डागर्दी बढ्नसक्ने भन्दै प्रहरीले गुण्डागर्दी गर्नेको वर्गिकरण गरेर आजबाट निगरानी बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार विगतका गतिविधिलाई मूल्याङ्कन गर्दै ८७ जनामाथि निगरानी थालिएको हो । प्रहरीले टोले, फ्याउरे, संरक्षित, व्यावसायिक र आपराधिक गरी उनीहरुलाई वर्गीकरण गरेर निगरानी बढाएको थापाले बताउनुभयो ।

निगरानी बढाएकामध्ये एक जनालाई भने पक्राउ गरिसकेको जनाएको छ । उनीहरुमाथि आज र भोलि कडाइका साथ निगरानी गरिने भन्दै उहाँले निर्वाचनलाई शान्तिपूर्ण तवरले सम्पन्न गर्न विगतमा गुण्डागर्दी गर्नेको अहिलेको क्रियाकलाप बुझ्ने काम भइरहेकोे बताउनुभयो । व्यावसायिक र आपराधिक गुण्डागर्दी गर्ने निर्वाचनको मौन अवधिमा परिचालन हुनसक्ने भन्दै प्रहरी चनाखो बनेको हो ।

प्रहरीले निर्वाचन विरोधी गतिविधि बढाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका २३ जना कार्यकर्तालाई विभिन्न समयमा नियन्त्रणमा लिएर राखेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org