ताजा समाचार

दोलखा हत्या प्रकरणः माओवादी नेतृ खड्कासहित ४९ जनाविरुद्ध किटानी जाहेरी

दोलखा, २८ बैशाख ।  दोलखामा एमाले कार्यकर्ता कुलबहादुर तामाङ हत्या प्रकरणमा माओवादी केन्द्रकी नेतृ एवं पूर्वराज्यमन्त्री देवी खड्कालगायत ४९ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।

तामाङका बुवा ५७ वर्षीय गोरे तामाङले खड्कासहित उनका भाइ एवं माओवादी जिल्ला इञ्चार्ज विशाल खड्का, ढालबहादुर खड्का, गंगा कार्कीलगायतविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

दोलखामा माओवादी कार्यकर्ताको आक्रमणमा मंगलबार साँझ एमालेका गौरीशंकर गाउँपालिका– २ का वडाध्यक्षका उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुरको मृत्यु भएको थियो । हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org