ताजा समाचार

मकवानपुरमा एमाले उम्मेदवारको घर नजिकै ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते


मकवानपुर, २८ बैशाख । मकवानपुरमा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते भएका छन् । हेटौंडा–१६ को हटिया चिसापानीमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेद्वारको घर नजिक बुधबार राति ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ ।

घाइतेको उपचारका लागि काठमाडौंको बी एण्ड बी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले सिलिण्डर नियोजित रुपमा पड्काएको हुन सक्ने आशंका गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org