ताजा समाचार

ओलीले भने, ‘२/४ वर्ष बाच्न पाए त प्रचण्ड र देउवालाई रेल चढाएर पोखरा घुमाउँथे’

 काठमाडौं, २८ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अरु पार्टीका नेताहरुलाई रेल चढाएर पोखरा घुमाउने बताएका छन् । स्थानीय तह निर्वाचन जिते समृद्ध नेपाल निर्माण गर्दै काँग्रेस, माओवादी लगायत पार्टीका नेताहरुलाई रेल चढाएर पोखरा घुमाउने दाबी गरेका हुन् ।

राजधानीमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले सूर्यध्वजावाहक उम्मेदवारहरुले जित्नेमा कुनै शंका नरहेको बताएका छन् । एमालेकै नेतृत्वमा नगरलाई सुमन्नत र जनतालाई सम्बृद्ध बनाइने घोषणा गरेका छन् । स्थानीय तहमा जितेपछि पार्टीको प्रतिबद्धता अनुसार काठमाडौंमा रेल कुदाइने ओलीले दाबी छ । ‘हामीले चुनाव जितेपछि अरु पार्टीका नेताहरुलाई रेल चढाएर एक फन्को पोखरा घुमाएर काठमाडौं ल्याउँछौं’, ओलीले भने ।

‘एमाले विकास र समृद्धिको मार्गमा देशलाई अघि बढाउन चाहन्छ । विकासका योजना हामीले अघि सारेका हौं । अरुले त्यसलाई पहिला उडाएर पछि त्यसैको नक्कल गरेका हुन् । के के कुरा गर्छ एमालेले भनेर उडाउँछन् । दुई चार वर्ष बाँचे हामी तिनीहरुलाई रेल चढाएर काठमाडौंबाट पोखरा पठाउँछौं । त्यसबेला भन्नुहुन्छ बेकारमा एमालेको विरोध गरिएछ ।’

‘शहरको विकास गर्न अहिले हामीले हरेक सहरलाई ५० करोड छुट्यायौं । प्रचण्डजीले प्रधानमन्त्री भएपछि संसदमा मतिर हेरेर सोध्नु भो, रेल त ल्याउने पैसा कहाँबाट ल्याउने ? मैले त्यहाँ त उठेर जवाफ दिन मिल्दैनथ्यो । केही दिनपछि मैले भेटमा भनेँ, विकासका लागि बजेट कति चाहिन्छ मलाई भन्नुस् म ल्याइदिन्छु । दुनियाँमा पैसा छ, लगानी गर्न चाहन्छन्, हामीले वातावरण बनाइदिनुपर्छ । राजमार्गलाई फराकिलो पार्ने काम हामीले सुरु गर्यौं ।’ ओलीले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org