ताजा समाचार

धादिङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती गम्भिर घाइते

धादिङ, २९ बैशाख । ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । बिहीबार चुनाव प्रचार प्रसारमा गएर आउँदा ग १३ प ३०६० नम्बरको स्कुटरलाई बा ३ ख ३५५९ नम्बरको ट्रकले ठक्कर दिँदा त्रिपुरासुन्दरी गाउँपालिका १ धादिङका ३० वर्षीय रमेश श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी उनकी श्रीमती सुनिता श्रेष्ठ गम्भीर घाइते भएकी छन् ।

ट्रकको ठक्करबाट गम्भिर घाइते भएका रमेश र सुनितालाई उपचारका लागि अस्पताल लैजाने क्रममा रमेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सुनिताको उपचार भइरहेको छ । सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको भईरहेको सुनिताको थप उपचारको लागि काठमाडौं लैजाने तयारी भईरहेको छ ।

दुवै सवारी त्रिपुरासुन्दरी गाउँपालिका अन्र्तगत त्रिपुरेश्वरमा भएको आमसभा तथा र्‍याली सकेर फर्किएका थिए । ग्रामीण सडकमा स्कुटर चिप्लिएपछि ट्रकले ठक्कर दिएको प्रहरीले अनुमान गरेको छ । दुर्घटनापछि ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org