दाजुको निर्देशनमा श्रीमानबाटै एक महिला उम्मेदवार कुटिईन्
पोखरा, २९ बैशाख । पोखरामा एक श्रीमानले महिला उम्मेदवार आफ्नै श्रीमतीलाई कुटपिट गरेका छन् । लेखनाथ रुपा गाउँपालिका ५ मा महिलातर्फबाट वडा सदस्य उम्मेदवार पद्मा खड्का आफ्नै श्रीमानबाट कुटिएकी हुन् । माओवादी केन्द्रकी खड्कालाई उम्मेदवारी फिर्ता नलिएको भन्दै श्रीमान यमबहादुर गुरुङले निर्घात कुटपिट गरेका हुन् । घाइते खड्कालाई पोखराको फेवा सिटी अस्पतालमा भर्ना गरिएको छ ।
पतिले बाँसको चिर्पटले टाउँको, ढाड र हातमा प्रहार गरेको उनले बताइन् । उनको दाहिने हात भाँचिएको छ । उनको टाउकोमा समेत चार वटा टाँका लगाइएको छ । हातको हड्डी नै भाँचिएकोले शल्यक्रिया गरेर स्टिल राख्नुपर्ने चिकित्सकले बताएका छन् । खड्काका जेठाजु टेकबहादुर गुरुङ एमालेबाट वडाध्यक्षको उम्मेदवार हुन् । उनले जेठाजुकै निर्देशनमा कुटपिट भएको आरोप लगाइन् ।
कसरी भयो घटनाः
आजभन्दा १२ वर्षअघि अन्तरजातीय विवाह गरेकी कास्कीलाई को रुपा गाउँपालिकाकी पद्मा क्षेत्री गुरुङले चुनावमा उम्मेदवार बनेकै कारण आफ्नै श्रीमानबाट मरणासन्न हुनेगरी कुटिन्छु भनेर सायदै सोचेकी थिइन् । तर, स्थानीय निर्वाचनमा भाग लिएकै कारण उनी अस्पताल भर्ना हुने अवस्थामा पुगिन् ।
स्थानीय चुनावले महिलाहरुलाई अधिकार र अवसर दुबै दिएको छ । तथापि चुनावमा मनहरु विभाजित हुन्छन् । एउटै परिवारका सदस्यहरु समेत भिन्नाभिन्नै दलमा लाग्न सक्छन् । र, भिन्नाभिन्नै दलबाट उम्मेदवारसमेत बन्न सक्छन् । तर, लोकतान्त्रिक संस्कारको विकास हुन नसकेको समाजमा यसले पदमाको परिवारमा जस्तै घरपरिवारभित्र झगडा निम्त्याउँछ ।
कास्कीको रुपा गाउँपालिका वडा नम्बर ५ की महिला वडा सदस्य उम्मेदवार पदमा क्षेत्री गुरुङका लागि यो स्थानीय श्रीमानबाटै चुनाव कुटाइ खाने दुर्भाग्यपूर्ण दिका रुपमा परिणत भयो । स्थानीय चुनावले लोकतन्त्र र अधिकारको अभ्यास हुनुपर्ने ठाउँमा पदमाको घरभित्रै झगडा र कुटपिट निम्त्यायो ।
रुपा गाउँपालिका वडा नम्बर ५ की महिला उम्मेद्वार पदमा आफ्नै श्रीमानबाट कुटिएकी हुन् । सोही वडाको वडाध्यक्षमा टेकबहादुर गुरुङले उम्मदेवारी दिएका थिए, जो पदमाका जेठाजु हुन् ।
वडाध्यक्षमा उठेका जेठाजु टेकबहादुरको भन्दा फरक पार्टीबाट भाइबुहारी पद्मा क्षेत्री गुरुङले सोही वडामा महिला वडा सदस्यका लागि उम्मेदवारी दिइन् । बुहारीले भिन्नै दलबाट चुनाव लडेपछि जेठाजु रिसले आगो भए ।
जेठाजुले बुहारीलाई उम्मेदवारी फिर्ता लिन भार्इ यामबहादुर गुरुङमार्फत दबाव दिए । तर, पदमाले उम्मेदवारी फिर्ता लिन मानिनन् । जेठाजुको आग्रह अनुसार उम्मेद्वारी फिर्ता नगरेको आरोपमा उनी श्रीमानबाटै निर्घात कुटिइन् ।
Comments
अरु समाचार
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...
-
बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प
काठामाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार...
-
इरानको कोइला खानीमा विस्फोट हुँदा ३० को मृत्यु, २० जनाभन्दा बढीको अवस्था अज्ञात
काठमाडौं । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २०...
-
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी...
-
विश्व पर्यटन दिवसमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ । पर्यटन दिवसका अवसरमा...
-
झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन
काठमाडौं । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ...
-
दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति, यहिसाताबाट अग्रिम बुकिङ खुलाईने
काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर सार्वजनिक यातायातकोअग्रिम टिकट यही साताबाट खुलाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र...