ताजा समाचार

अज्ञात व्यक्तिद्धारा उम्मेदवारले प्रयोग गरेको जिप र मोटरसाइकलमा आगजनी

सल्यान, २९ बैशाख । सल्यानमा उम्मेदवारले प्रयोग गरेको जिप र मोटरसाइकलमा आगजनी गरिएको छ । बागचौरमा नचिनेका व्यक्तिहरुले उम्मेदवारले प्रयोग गरेको जिप र मोटरसाइकलमा बिहीबार राति आगजनी गरेका हुन् ।

बागचौर नगरपालिकाको मेयरका लागि नेकपा एमालेका उम्मेदवार लोक बाहादुर डांगीले चुनाव प्रचारमा प्रयोग गरेको भे १ च १५६२ नम्बरको जिप र रा ३ प ६९९८ नम्बरको मोटरसाइकलमा आगजनी भएको हो । आगजनीमा संलग्नको परिचय नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org