ताजा समाचार

धनगढीका दुई स्थानमा एकाबिहानै प्रेसर कुकर बम फेला, सेनाद्वारा निस्क्रिय


कैलाली, ३० बैशाख । धनगढीका दुई स्थानमा शनिबार बिहानै प्रेसर कुकर बम फेला परेका छनु । धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा प्रेसर कुकर बम बम फेला परेका हुन् ।

बम भेटिएपछि इन्जिनीयरिङ गुल्म बोराडाडीबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले दुबै स्थानमा राखिएको बम निस्क्रय पारेको प्रहरीले जनाएको छ । बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बताइएको छ ।

धनगढिको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अबस्थामा बम भेटिएको थियो भने मनेहरामा बोरा भित्र प्रेसर कुकर बम भेटिएको थियो । बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिए । सडक खाली गराएर बम निस्क्रय पारेपछि अहिले सडकमा सवारी साधनहरु गुड्न थालेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org