ताजा समाचार

धादिङमा एक थान पेस्तोलसहित कांग्रेस उम्मेद्वारको छोरा पक्राउ

धादिङ, ३० बैशाख । धादिङ्गमा नेपाली काँग्रेसका उम्मेदवारका छोरा पेस्तोलसहित पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरी र शशस्त्र प्रहरीको संयुक्त टोलीले गरेको चेकजाँचका क्रममा खनियावास गाउँपालिका–५ का वडा अध्यक्षका उम्मेद्वार रण बहादुर तामाङ्गको छोरा युल छिरीङ्ग तामाङ्ग पेस्तोलसहित पक्राउ परेका हुन् ।

खनियावास गाउँपालिकाको बसलादेवी मतदान केन्द्र बाहिर पेस्तोल बोकेर बसेको अवस्थामा युथ तामाङ र उनका साथी जय कुमार तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङ्गका एसपी शरद खत्रिले जानकारी दिए । युल र जय कुमारको साथबाट तिन राउण्ड गोली समेत बरामद गरिएको र उनीहरु उपर हातहतियार तथा खरखजाना मुद्धा चलाईने एसपी खत्रिले जानकारी दिए ।

त्यस्तै धादिङ्गको त्रिपुरासुन्दरी–१ बाट राँगो काट्ने खुँडा सहित ४ जना एमालेका कार्यकर्ता पक्राउ परेका छन् । गोर्खा आरुघाट तर्फबाट खुाडा बोकेर आएका एमाले कार्यकर्ताहरु उत्तम अधिकारी र नविन थापा सहित अन्य दुई जनालाई नियन्त्रणमा लिईएको एसपी खत्रिले जानकारी दिए ।

यसैगरी नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम आज बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको जनाएको छ । सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबेँसीमा राखिएको सिलिन्डर बम र महादेवबेँसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org