ताजा समाचार

पर्वतमा एमाले कार्यकर्ताद्धारा काँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

पर्वत, ३० बैशाख । पर्वतमा एमाले कार्यकर्ताले खुकुरी प्रहार गर्दा काँग्रेस कार्यकर्ता गम्भिर घाइते भएका छन् । पर्वतको कुस्मा नगरपालिका २ खुर्कोटमा गएराति एमाले कार्यकर्ताको आक्रमणमा परी दुई काँग्रेस कार्यकर्ता घाईते भएका हुन् ।

आक्रमणमा परी रुद्रबहादुर खत्री र कृष्णबहादुर खत्री घाइते भएको प्रहरीले जनाएको छ । रुद्रबहादुरको घाँटीमाथि गहिरो चोट लागेको छ । मदिराले मात्तिएर आएका एमाले कुश्मा नगरपालिका ७ का वडा सदस्यका उम्मेदवार दलबहादुर क्षेत्रीसहितको टोलीले उनीहरुलाई आक्रमण गरेका प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

आक्रमणमा संलग्न रहेको आरोपमा स्थानीय १२ जनाविरुद्ध प्रहरीमा उजु्री हालिएको छ । प्रहरीले घटनास्थलबाट खुकुरी तथा केही थान घरेलु हतियार समेत बरामद गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org