ताजा समाचार

नेमकिपा अध्यक्ष विजुक्छेद्वारा भक्तपुरमा मतदान, ओलीले साढे ११ बजे मतदान गर्ने

भक्तपुर, ३१ बैशाख ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पनि मतदान गरेका छन् । उनले भक्तपुरको दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन मावि केन्द्रबाट मतदान गरेका हुन् । भक्तपुरमा पनि उत्साहजनक रुपमा मतदान भैरहेको छ । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले समेत मतदान गरिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनबाट, काँग्रेस वरिष्ट नेता रामचन्द्र पौडेलले तनहुँबाट, राप्रपा अध्यक्ष कमल थापाले हेटौडाबाट मतदान गरिसकेका छन् । एमाले अध्यक्ष केपी ओलीले भने विहान साढे ११ बजेपछि मात्रै मतदान गर्ने तयारी गरेका छन् । उनले बालकोट मतदान केन्द्रमा मतदान गर्ने एमालेले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org