ताजा समाचार

कालिकोटमा राप्रपा उम्मेदवारको ज्यान जानेगरी यसरी भयो आक्रमण


सुर्खेत, २ जेठ । बेलुकाको चार बज्दै थियो मतदाता परिचयपत्र लिएका सर्वसाधारण भोट हाल्न ब्यस्त थिए । माओवादी केन्द्रका कार्यकर्ताले निर्वाचन वहिष्कार गरेको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको पनि मतदाता परिचयपत्र लिएर ‘फर्जी’ मत हाल्न सुरु गरे ।

मतदान स्थलमै रहेका विप्लवका कार्यकर्ताले त्यसको विरोध गरे । प्रहरीले विप्लवका कार्यकर्तालाई मतदान स्थलबाट लाठीचार्ज गरेर भगायो । साँझ पाँच बजे मतदान सकिएपछि निर्वाचन अधिकृत दुर्गा भट्टले उम्मेदवारको रोहबरमा मतपेटिका सिल गरे प्रहरीले मतपेटिका उठाउनै लाग्दा चारैतिरबाट नेकपा कार्यकर्ताले ढुंगा प्रहार गर्न थाले, यो खबर आजको नागरिक दैनिकमा छ ।

नेकपाका दुईतीन सय कार्यकर्ताले विद्यालय भवन घेरा हाले । चारैतिरबाट आक्रमण सुरु भएपछि प्रहरीले झ्यालबाट गोली प्रहार गर्यो । प्रहरीको पहिलो गोली नरहरिनाथ गाउँपालिका ६ का राप्रपा उम्मेदवार धनरुप बटालको कोखमा लाग्यो । उनी ढले । दुई गोली लागेका धनरुपको राति १२ बजे मृत्यु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org