ताजा समाचार

भक्तपुर चाँगुनारायणको नगरकोटमा भोलि पुनः मतदान हुने

भक्तपुर, २ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको नगरेकोटमा भोलि पुनः मतदान हुने भएको छ । चाँगुनारायण नगरपालिकाको नगरकोट ‘ख’ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को चुनाव चिह्न नभएको मतपत्र पुगेपछि स्थगित मतदान भोली  पुनः हुन लागेको हो ।

चाँगुनारायण नगरपालिकाको नगरकोट ‘ख’ मतदान केन्दमा बुधबार पुनः मतदान गर्न लागिएको चाँगुनारायण नगरापालीकाका निर्वाचन कार्यलय प्रमुख रिन्ज डंगोलले जानकारी दिए । डंगोलका अनुसार यो मतदान केन्द्रमा ८०७ मतदाता छन् ।

चाँगुनरायण नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले , नेपाल मजदुर किसान पार्टी र राप्रपाले चुनाव चिह्नविनाका मतपत्रको गणना स्थगित राखेर गणना अघि बढाउनु पर्ने मत राखेका थिए । तर, मुख्य निर्वाचन कार्यालयले पुनः चुनाव गर्ने निर्णय गरेसँगै बुधबार पुनः मतदान हुन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org