ताजा समाचार

स्थानीय तह निर्वाचन मत परिणामः एमाले र काँग्रेसबीच तीब्र प्रतिस्पर्धा

काठमाडौं, ४ जेठ । पहिलो चरणको सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म १८९ तहको मतगणना सम्पन्न भएको छ । स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा प्रमुख विपक्षी नेकपा एमाले र नेपाली काँग्रेसबीच तीब्र प्रतिस्पर्धा भईरहेको छ । नेपाली काँग्रेसले ७१ स्थानीय तहमा बिजय हासिल गरेको छ ।

त्यस्तै त्यस्तै नेकपा एमालेले ७७ स्थानीय तहमा विजयी हासिल गर्दा नेकपा माओवादी केन्द्रले भने ३६ स्थानमा विजयी भएको छ । राप्रपा र नयाँ शक्ति-फोरम लोकतान्त्रिक गठबन्धनले समेत आफ्नो विजयको खाता खोलेका छन् । मुस्ताङ र डोल्पाका एक/एक गाउँपालिकासहित ४ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले गाउँपालिका प्रमुख जितेका छन् ।

कुल निर्वाचन भएको तहः २ सय ८१
प्राप्त नतिजाः १८९  स्थानीय तह
नेकपा एमालेः ७७
नेपाली काँग्रेसः ७१
माओवादी केन्द्रः ३६
राप्रपाः १
फोरम नयाँ शक्ति गठबन्धनः १
स्वतन्त्रः ४

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org