ताजा समाचार

कालिकोटको पतल झरना र कलाता गाउँपालिकामा माओवादी केन्द्र विजयी

कालिकोट, ४ जेठ । कालिकोटको पताल झरना गाउँपालिकामा माओवादी केन्द्रका खड्कबहादुर सेजुवाल विजयी भएका छन् । १ हजार ६ सय २३ मतका साथ सेजुवाल विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका भानुभक्त सन्ज्यालले १ हजार १ सय ८७ मत पाए ।

उपाध्याक्षमा पनि माओवादी केन्द्रका तारा न्यौपानेले १ हजार ५ सय ६८ मतका साथ विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेका दक्षिणा शाहिले १ हजार २ सय ४७ मत ल्याईन् ।

यस्तै कलाता गाउँपालिकामा पनि माओवादी केन्द्र नै विजयी भएको छ । माओवादीका लक्ष्मणबहादुर बम १ हजार ४ सय २० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका केशरसिंह बमले १ हजार १ सय ८३ मत पाए ।

उपाध्यक्षमा पनि माआवादीका दाना न्यौपाने १ हजार ३ सय ७१ मतसहित विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी कांग्रेस सुर्जकला रोकायाले १ हजार ७१ मत पाईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org