ताजा समाचार

काँग्रेसको निश्कर्षः पहिलो चरणको निर्वाचन सोचेजस्तो आएन्

काठमाडौं, ४ जेठ । नेपाली कांग्रेसले पहिलो चरणको निर्वाचनमा सोचेजस्तो गर्न नसकिएको निश्कर्ष निकालेको छ । चुनाव लगायका समसामयिक विषयमा छलफल गर्न बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले यस्तो निश्कर्ष निकालेको हो । बैठकले अब दोस्रो चरणको स्थानीय चुनावमा परिणाम आफ्नो पक्षमा पार्न प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि महामन्त्री डा. शशांक कोइरालाले भने, ‘अहिलेको परिणामको समीक्षा गर्‍यौं र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले हामीले प्रस्तुत हुनुपर्छ भन्ने कुराहरु भयो ।’

कोइरालाले पत्रकारहरुसँग भने, ‘अहिले मिश्रित चुनावी नतिजा छ । कति ठाउँमा एमालेले जितेको छ, कति ठाउँमा नेपाली कांग्रेसले जितेको छ । जति हामीले सोचेका थियौं, त्यति राम्रो भाँको छैन जस्तो देखिन्छ । यद्यपि अन्तिम परिणाम आउन बाँकी छ ।’

महामन्त्री कोइरालाका अनुसार संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org