ताजा समाचार

धादिङ बेनिघाट रोराङ गाउँपालिका प्रमुखमा माओवादी केन्द्र विजयी

धादिङ, ४ जेठ । धादिङको बेनिघाट रोराङ माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार पित्तबहादुर डल्लाकोटी (हरी) गाउँपालिका प्रमुखमा विजयी भएका हुन् ।

धादिङ वडाहरुमा सम्मान जनक विजय हाँसिल गरि रहेको माओवादी केन्द्रले गाउँपालिकामा विजय हुन नसकी रहेको बेला डल्लाकोटीले १२ सय भन्दा माथि मतको अन्तरमा एमालेका गिरिराज कडेललाई पराजित गर्दै विजयी भएका हुन् ।

यस सँगै धादिङमा एमाले ६, नेपाली काँग्रेस २ माओवादी केन्द्र १ र राप्रपा १ गाउँपालिकामा विजयी भएका छन् । अब नीलकण्ठ नगरपालिका गजुरी र त्रिपुरा सुन्दरी को नतिजा आउन बाँकी रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org