ताजा समाचार

तनहुँको भिमाद नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

तनहुँ, ४ जेठ । तनहुँको भिमाद नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । भिमाद नगरको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको हो । नगरपालिकाको मेयरमा ६ हजार ४ सय ६४ मत प्राप्त गर्दै एमालेका मेखबहादुर थापा विजयी भएका छन् भने ६ हजार ८० मत प्राप्त गर्र्दै उपमेयरमा एमालेकै शारदा खनाल विजयी भएकी छन् ।

त्यस्तै, उपमेयरमा एमालेकै खनाल ९ सय ३७ मत अन्तरले विजयी भएकी छन् । उनले ६ हजार ७ सय १२ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा खनालले ५ हजार ७ सय ७५ मत ल्याइन् । नौ वटा वडा रहेको भिमादमा एमालेले ५ वडा जितेको छ भने कांग्रेसले ४ वडा जितेको छ ।

एमालेले वडा नम्बर १, २, ७, ८ र ९ तथा कांग्रेसले वडा नम्बर ३, ४, ५ र ६ जित हासिल गरेको हो । वडा नम्बर १ मा सोमनाथ शर्मा, २ मा भवानी शंकर लम्साल, ३ मा भुपेन्द्रराज मल्ल, ४ मा डम्बरबहादुर राना, ५ मा पद बहादुर थापा, ६ मा श्यामसुन्दर जोशी, ७ मा सूर्यकुमार श्रेष्ठ, ८ मा बुद्धिमान श्रेष्ठ र ९ मा इमान थापा विजयी भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org