ताजा समाचार

स्थानीय तह निर्वाचन मत परिणाम अपडेटः महानगरको पछिल्लो मत परिणाम

काठमाडौं, ५ जेठ । स्थानीय तहको मतगणनाको परिणाम आउने क्रम जारी छ । वैशाख ३१ गते सम्पन्न २ सय ८३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । पहिलो चरणमा ४ महानगरको पनि निर्वाचन सम्पन्न भएको छ । काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगरको मत परिणाम आउने क्रम पनि जारी नै छ । अहिले सम्म अधिकांश महानगरमा पनि एमालेले अग्रता लिईरहेको छ ।

काठमाडौं महानगरः

एमालेः विद्यासुन्दर शाक्य- १०४१७
काँग्रेसः राजुराज जोशी- ६७७४
माओवादी केन्द्रः सर्वोत्तम डंगोल-१११४
साझा पार्टीः किशोर थापा-३१७१
विकेकशीलः रञ्जु दर्शना ४००३

ललितपुर महानगरः

काँग्रेसः चिरीबाबु महर्जन-१५०४१
एमालेः हरिकृष्ण व्यञ्जनकार-१३२१६
माओवादीः दिनेश महर्जन (दीपेश)-१३५२
साझा पार्टीः रमेश महर्जन-६८९३

भरतपुर महानगरः

एमालेः देवी ज्ञवाली-११५८४
माओवादीः रेणु दाहाल-११९८५
राप्रपाः ब्रद्रि तिमल्सिना-८६७

पोखरा महानगरः

काँग्रेसः रामजी कुँवर-१३४५५
एमालेः मानबहादुर जिसी-१३५३५
राप्रपाः गीता गुरूङ-१२८

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org