ताजा समाचार

जाजरकोटमा मतगणना सम्पन्नः एमाले पहिलो, माओवादी काँग्रेस बराबरीमा

जाजरकोट, ५ जेठ । जाजरकोटमा जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका कृष्ण बहादुर केसी २ हजार ७ सय ७० मत प्राप्त गरि विजयी भएका हुन् । उनले एमालेका वेद बहादुर शाहीलाई पराजित गरे । शाहीले २ हजार २ सय ७४ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै शिवा आचार्य बस्नेत २ हजार ७ सय ७८ मत प्राप्त गरि विजयी भएकी छन् । उनले एमालेकी अम्वा शाहलाई पराजित गरिन् । शाहले २२६४ मत प्राप्त गरिन् । यो गाउँपालिकामा कांग्रेस तेश्रो स्थानमा रह्यो ।

मतगणना सकियो, यस्तो छ परिणाम:

जुनीचाँदे गाउँपालिकाको मतपरिणाम सार्वजानिक भएसँगै जाजरकोटको मतगणना सकिएको छ । तीन नगरपालिका र चार गाउँपालिका रहेको जाजरकोटमा २ नगरपालिकासहित ३ स्थानीय तहमा एमाले विजयी भएको छ । एमालेले भेरी नगरपालिका, छेडागाड नगरपालिका र शिवालय गाँउपालिकामा जित हासिल गरेको छ ।

त्यस्तै माओवादी केन्द्र १ नगरपालिकासहित २ स्थानीय तहमा विजयी भएको छ । माओवादीले त्रिवेणी नलगाड नगरपालिका र जुनिचाँदे गाउँपालिकामा जित हासिल गरेको छ । नेपाली काँग्रेसले भने दुई गाउँपालिकामा मात्रै जित हासिल गरेको छ । काँग्रेसले कुशे गाउँपालिका र वारेकोट गाउँपालिकामा जित निकालेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org