ताजा समाचार

सिन्धुलीको कमलामाई नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

सिन्धुली, ५ जेठ । सिन्धुलीको कमलामाई नगरपालिकाको मेयरमा एमालेका विजयी भएको छ । एमालेका खड्गबहादुर खत्री ११ हजार ४ सय ६१ मत ल्याएर विजयी भएका हुन् । उनले काँग्रेसका उपेन्द्रकुमार पोखरेललाई पराजित गरे । कांग्रेसका पोखरेलले ९ हजार ४ मत ल्याए ।

त्यस्तै उपमेयरमा १० हजार ६ सय ९ मत ल्याएर एमालेकै मञ्जु देवकोटा विजयी भएकी छन् । उपमेयरमा १० हजार १ सय ९२ मत ल्याएकी नेपाली कांग्रेसकी सुशीला थिङ पराजित भईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org