ताजा समाचार

काभ्रेको बनेपा नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

काभ्रे, ५ जेठ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको मेयरमा एमाले विजयी भएको छ । बनेपाको इतिहासमै पहिलो पटक एमालेले मेयर र उपमेयर दुवैमा जित हासिल गरेको छ । मेयरमा एमालेका लक्ष्मीनरसिंह बादे श्रेष्ठले ११ हजार ४०९ मत प्राप्त गरी बिजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राम जोशीले १७२१ मत काम प्राप्त गरे । उपमेयरमा पनि एमालेकै रेखा दाहाल ११ हजार २ मत प्राप्त गरी बिजयी भएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org