ताजा समाचार

बागलुङमा मतगणना सम्पन्नः जैमिनीको मेयरमा नेपाली काँग्रेसका ईन्द्रराज पौडेल विजयी

बागलुङ, ५ जेठ । बागलुङका सवै क्षेत्रको मत गणना सम्पन्न भएको छ । पछिल्लो पटक जैमिनी नगरपालिको मेयरको नतिजा सार्वजनिक भएसँगै मतगणना सम्पन्न भएको हो । जैमिनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका ईन्द्रराज पौडेल विजयी भएका छन् । उनले जनमोर्चाका नरबहादुर पुनलाई झिनो मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । उपमेयरमा भने एमालेका लिलबहादुर थापा विजयी भएका छन् ।

यो जीतसँगै नेपाली काँग्रेसले ४ नगरपालिका रहेको बागलुङमा गल्कोटसहित २ नगरपालिका हात पारेको छ । बागलुङ र ढोरपाटन नगरपालिकामा भने यसअघिनै एमाले विजयी भईसकेको छ । जिल्लाका ६ गाउँपालिकामा नेपाली काँग्रेसले तमानखोला र निसीखोला जितेको छ भने बडीगाड र काठेखोला एमाले, बरेङ गाउँपालिका जनमोर्चा र ताराखोलामा माओवादी केन्द्र विजयी भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org