ताजा समाचार

काठमाडौं महानगर मत अपडेटः एमाले विद्यासुन्दरलाई ३५ सय भन्दा बढीको अग्रता

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेका विद्यासुन्दर शाक्यले अग्रता कायमै राखेका छन् । आज बिहान ९ बजेसम्मको परिणाम अनुसार ३० हजार मत गणना भइसकेको छ । अझै झण्डै १ लाख ७० हजार मत गन्न बाँकी छ ।

पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार शाक्यले ३ हजार ५ सय ९० मतअन्तरले अग्रता लिएका छन् । शाक्यले १० हजार २४५ मत पाएका छन् भने कांग्रेसका राजुराज जोशीले ६ हजार ६ सय ५५ मत पाएका छन् ।

तेस्रो स्थानमा विवेकशीलकी रन्जु दर्शना छिन् । उनले ३ हजार ९ सय ३८ मत पाएकी छन् । चौथो स्थानमा रहेका साझा पार्टीका किशोर थापाको ३ हजार १ सय ३९ मत छ भने माओवादी केन्द्रका सर्वोत्तम डंगोलले १ हजार ९४ मत पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org