ताजा समाचार

टिकट नपाएको भन्दै अनसन बसेका कांग्रेस कैलालीका एक कार्यकर्ता अस्पताल भर्ना

कैलाली, १५ जेठ । टिकट नपाएपछि अनसनमा बसेका काँग्रेस कैलालीका एक कार्यकर्तालाई अस्पत्ताल भर्ना गरिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले टिकट वितरणमा धाधली गरेको भन्दै ५ दिनदेखि आमरण अनसनमा बसेका कृष्ण कुँवरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि अस्पत्ताल भर्ना गरिएको हो ।

कुँवरको स्वास्थ्य अवस्था कमजोर भएपछि आइतबार राति सेती अञ्चल अस्पतालमा रहेको सघन उपचार कक्ष (आईसियु) मा भर्ना गरिएको हो । नेविसंघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका कुँवर विगत ५ दिनदेखि पार्टी कार्यालयमा नै अनसनमा बसेका थिए ।

उनले पार्टीले आफूलाई धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को अध्यक्षको टिकट दिनुपर्ने माग राख्दै आएपनि पार्टीले राम्रालाई भन्दा आफ्नालाई काखी च्यापेको भन्दै कुँवर अनसनमा बसेका थिए । पार्टीले वडा नम्बर १ मा सन्तोष मुडभरी र महादेव सोवको नाम केन्द्रमा सिफारिस गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org