ताजा समाचार

मोटरसाइकलमा ८० प्रतिशत भन्सार, कुन मोटरसाइकलको कति बढ्यो सडक कर ?

काठमाडौं, १६ जेठ । दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ । दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३र०७४ मा बढाइएको थियो ।

२५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो । त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ । विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ । १५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर १० हजार तोकिएको थियो ।

त्यस्तै १५०१ वाटभन्दा माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आर्थिक वर्षको बजेटले गरेको छ । तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएको छ।

कुन मोटरसाइकलको सडक कर कति पुग्यो ?
१२५ सिसिसम्मको मोटरसाइकल : १० हजार
१२६ देखि २५० सम्म :१२ हजार
२५१ देखि ४०० सम्म : १५ हजार
४०१देखि माथि सबै : २० हजार

कुन मोटरसाइकलको वार्षिक कर कति पुग्योर ?
१२५ सिसि सम्म : २५ सय
१२६-२५० सम्म : ४ हजार
२५१ देखि ४०० सम्म : ८ हजार
४०१ देखि माथिका सबै:  १५ हजार

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org