ताजा समाचार

जथाभावी बाटो काट्ने ५८ जनालाई कारवाहीः ३० जनालाई जरिवाना २८ जनालाई ३ घण्टा नियन्त्रणमा

ललितपुर, १६ जेठ । ललितपुरमा जथाभावी बाटो काट्ने ५८ जना कारबाहीमा परेका छन् । ३० जनालाई २ सय रुपैयाँ जरिवाना तिराइएको र अरु पैसा नहुने २८ जनालाई सचेतना कक्षा दिइरहेको ललितपुरका ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । जरिवाना वापतको पैसा नहुनेलाई ३ घण्टासम्म सचेतना कक्षामा राखिएको उनको भनाई छ ।

उनका अनुसार दुर्घटनाको जोखिम भएका ठाउँमा बिहानैदेखि ट्राफिक प्रहरी खटिएका छन् । ट्राफिक प्रहरीले कारबाही थाल्नु अघि डेढ महिनासम्म जथाभावी बाटो नकाट्न सम्झाईबुझाई गरेको थियो । सडकको छेउमा जथाभावी बाटो काट्दा हुने दुर्घटनाका कारण काठमाडौं उपत्यकामा ४० प्रतिशतको ज्यान जाने गरेको पाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org